देश

खेतमा पानी लगाउन गएका घर्ती मृत भेटिए

गुल्मी, साउन २३-गुल्मीको धुर्कोट गाउँपालिका-६ टिम्मुर खर्कका ४० वर्षीय भोजबहादुर घर्ती मृत भेटिएका छन्। पानी लगाउन खेतमा गएका घर्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। घर्ती बुधबार साँझ खेतमा पानी लगाउन गएका थिए।

साँझ अबेरसम्म घरमा नआएपछि खोज्दै जाँदा परिवारले खेतमा मृत अवस्थामा भेटाएको प्रहरीले जानकारी दिएको छ।

घर्तीको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइँदै छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।