खेलकुद देश

टी-20 वरियतामा पारसको छलाङ

काठमाडौं, साउन २२-अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को बरियतामा नेपाली टिमका कप्तान पारस खड्काले ठुलो छलाङ मारेका छन। उनी टी–२०को अलराउण्ड तर्फ ४१ बाट २५ औं स्थानमा उक्लिएका छन।

हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनी आइसीसीको बरितयामा पनि ठुलो छलाङ मारेका हुन। उनले भारतीय खेलाडी सुरेस रैनालाई पनि पछि पारेका छन।

यस्तै सो स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि रहेका छन। उनले अलराउण्डमा अफगानिस्तानका रासिद खान, डेविड वेली, क्रिस मोरीस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोकलाई पछि पारेका छन।

अलराउण्डमा अर्का खेलाडी साेमपाल कामी ६६ औं स्थानमा यथावत रहेका छन। नेपाली खेलाडी याे बरियतामा पुगेकाे अहिलेसम्मकै ठुलाे हाे। यसका साथै शिर्ष ५० मा पुग्ने पारस पहिलाे नेपाली खेलाडी पनि बन्न पुगेका छन्।

यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन। उनको चार सय १७ अंक रहेको छ। उनले महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन। धोनी ६७ औं स्थानमा रहेका छन। यस्तै क्रिस गेलपनि पारस भन्दा पछाडी रहेका छन। यसै गेल ७३ औं स्थानमा रहेका छन।

यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा यथावत रहेका छन।