विदेश

भानुआटुमा शक्तिशाली भूकम्प

काठमाडौं, एजेन्सी, साउन २२-प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो।

यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो।

यस भूकम्पको कारण हालसम्म मानवीय र भौतिक क्षतिको कुनै पनि समाचार प्राप्त भएको छैन्। भूकम्पपछि सुनामीको चेतावनी कनै सुचना जारी गरिएको छैन्।

Featured