काठमाडौं, एजेन्सी, साउन २२-उत्तर कोरियाली नेता किम जोंग उनले हालैको आफुले परिक्षण गरेको मिसाइल र हतियार परीक्षणबारे मुख खोलेका छन्। न्यूज एजेन्सी केसीएनएका अनुसार किमले मंगलबार आफ्नो उक्त परीक्षण एक तरिकाले अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन्।
उनले दुबै देशको संयुक्त युद्धाभ्यासलाई उत्तर कोरियासँग भएको सम्झौताको उल्लंघन भएको बताएका छन्। अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यास सोमबार सुरु भएको थियो।
दक्षिण कोरियाका जोइन्ट चीफ अफ स्टाफले उत्तर कोरियाले कम दुरीको ब्यालेस्टिक मिसाइल दागेको जानकारी दिएका छन्। किमले मंगलबार यो परीक्षणको निगरानी गरे। पछिल्लो दुई हप्तामा उत्तर कोरियालीको यो चौथो मिसाइल परीक्षण हो।
प्रतिक्रिया दिनुहोस