मनोरंजन विदेश

बलिउड नायिका सोनाक्षी सिन्हा पक्राउ

काठमाडौं, एजेन्सी, साउन २२-बलिउड फिल्मका चुलबुले नायिका सोनाक्षी सिन्हाको एउटा भिडियो आजकल सोसल मिडियामा निकै नै भाइरल भइरहेको छ जसमा उनको हातमा हत्कडी लगाइरहेको देख्न सकिन्छ।

भिडियोमा सोनाक्षीले आफूलाई यसरी पक्राउ गर्न नमिल्ने र आफूले केही गल्ती नगरेका कारण निर्दोष छु भनेर कराइरहेको सुन्न सकिन्छ। सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘तपाईंले मलाई यसरी पक्राउ गर्न सक्नुहुन्नँ। तपाईंलाई थाहा छ म को हुँ ? मैले केही गरेको छैन, म निर्दोष छु।’

सोनाक्षीको यो भिडियोले उनका प्रशंसक अलमल्लमा परेका छन्। कतिले सोनाक्षीलाई पक्राउ गरेको कुरा अविश्वसनीय भएको बताइरहेका छन् भने कतिले यो सोनाक्षीको फिल्मको प्रमोशनको तरिका बताएका छन्। भिडियोको वास्तविकताबारे अहिलेसम्म केही जानकारी उपलब्ध छैन।

 नायिकाले सोसल मिडियामार्फत् दिइन् स्पष्टिकरणः

सोनाक्षीको यो भिडियो सोसल मिडियामा भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छिन्। उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन्। भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन। म चाँडै नै तपाईंहरुमाझ विस्तृत जानकारी साझा गर्छु।’

कामको कुरा गर्ने हो भने सोनाक्षीको फिल्म खानदानी शफाखाना भर्खरै रिलिज भएको छ। फिल्ममा उनीबाहेक बादशाह र वरुण शर्मा थिए। अब चाँडै नै उनको फिल्म मिशन मंगल रिलिज हुँदै छ जसमा उनीबाहेक अक्षय कुमार, विद्या बालन, तापसी पन्नु र कृति कुल्हारी छन्।

भिडीयोको लागि

स्रोत: timesofindia.indiatimes.com

Featured