खेलकुद विदेश

वेस्ट इण्डिज बिरुद्ध भारतको ह्व़ाइट वास

काठमाडौं, साउन २२-भारतले वेस्ट इण्डिज बिरुद्धको तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला ह्व़ाइट वास गरेको छ। पहिलो र दोश्रो ट्वान्टी ट्वान्टी खेल क्रमसः चार विकेट र डकवर्थ लुइस नियममा २२ रनले जीत हात पारेको भारतले तेश्रो तथा अन्तिम खेल सात विकेटले जित्दै शृंखला माथि क्लिन स्विप गरेको हो।

जीतका लागि १४७ रनको मध्यम लक्ष्य लिएर ब्याटिंगमा आएको भारतले १९ दशमलब एक ओभरमा तीन विकेटको नोक्सानीमा जीत हात पार्यो।

भारतको जीतमा कप्तान बिराट कोहली र विकेट किपर ब्याट्सम्यान रिशब पन्तले अर्धशतक प्रहार गरे। २७ रनमा दुई विकेट गुमाएको भारतको जीतमा पन्त र कोहलीले तेश्रो विकेटका लागि १०४ रनको शाझेदारी गरे। कप्तान कोहली ४५ बलमा ५९ रन बनाएर आउट भए भने ४२ बलको सामना गरेका पन्तले समान ४-४ चौका र छक्काको मद्धतमा अविजित ६५ रन बनाए।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिंग गरेको वेस्ट इण्डिजले २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा मात्र १४७ रन बनाउन सक्यो।

चौथों ओभरमा कुल १४ रन हुँदा तीन विकेट गुमाएको वेस्ट इण्डिजको पारी सम्हाल्ने क्रममा कैरन पोलार्डले सर्वाधिक ५८ रन बनाए। चौथों नम्बरमा ब्याटिंग गर्न आएका उनले ४५ बलको सामना गर्दै एक चौका र छ छक्का प्रहार गरे। पोलार्ड बाहेक रोवमन पावेलले पनि अविजित रहँदै २० बलमा ३२ रनको योगदान दिए।

वेस्ट इण्डिजका शुरुवाती तीन ब्याट्सम्यानहरुलाई पेभेलियनको बाटो देखाउँदै दिपक चाहारले भारतको लागि राम्रो शुरुवाती दिए। तीन ओभर बलिंग गरेका चाहारले एक मेडन सहित मात्र चार रन खर्चिएर तीन विकेट हात पारे।

Featured