विदेश

अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासका बीच उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

सियोल, एजेन्सी, साउन २१-उत्तर कोरियाले मंगलबार दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएका छन्। दक्षिण ह्वानगे प्रान्तबाट उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको जनाइएको छ।

आफ्नो असन्तुष्टीबीच सोमबारदेखि दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गरे लगतै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरको हो।

यो क्षेप्यास्त्र परीक्षण दुई हप्ता भन्दा कम समयको अवधिमा चौथौं क्षेप्यास्त्र परीक्षण हो। अमेरिका र दक्षिण गरिरहेको संयुक्त सैन्य अभ्यासको विरुद्धमा तथा चेतावनी स्वरुप उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको अनुमान गरिएको छ।

अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गर्ने तय भएदेखि उत्तरले त्यसको विरोध गर्दै आएको थियो। सोमबार अगाडिसम्म उत्तरले तीनपटक क्षेप्यास्त्र परीक्षण गर्दासमेत अमेरिकाले उत्तर कोरिया खतरा नभएको बताउँदै आएको थियो।

उत्तरले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई युद्धको तयारीको संज्ञा दिएको छ। हाल अमेरिका र उत्तर कोरिया शान्ति वार्ताको संघारमा छन्। यस सैन्य अभ्यासले शान्ति वार्ताको बाटो बन्द हुने उत्तरको भनाइ छ।

Featured