खेलकुद देश

विश्वकप फुटबल २०२२ छनोटको लागि ३१ सदस्यीय प्रारम्भिक टिम घोषणा

काठमाडौं, साउन २१-विश्वकप फुटबल २०२२ को छनोटको दोस्रो चरणको खेलको लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ। आज नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले ३१ सदस्यीय टिमको घोषणा गरेका हुन्।

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ। यो समूहमा नेपालसँगै कुबेत, चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलिया रहेका छन्। नेपालले आफ्नो पहिलो खेलमा कुबेतसँग सेप्टेम्बर पाँच तारिखमा खेल्नेछ। प्रारम्भिक टिममा यी खेलाडीहरु छनोट भएको छ। विराज महर्जन, किरण चेम्जोङ, विकेश कुथु, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, रञ्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलन न्यौपाने, अजित भण्डारी, अविषेक रिजाल, रवि सिलवाल, सरोज दाहाल, तेज तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि पासवान, अनन्त तामाङ, सुनिल बल, सुवास गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे, त्रिदेव गुरुङ, भरत खवास, विमल घर्तिमगर, रोहित चन्द।