देश

राजधानीबाट विप्लवका तीन नेता पक्राउ

काठमाडौं, साउन २१-राजधानी काठमाडौं बाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना नेता पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले विप्लव समूहका डम्बरबहादुर विक, उमा गुरुङ र मकर गुरुङलाई सोमबार पक्राउ गरेको हो।

विक केन्द्रीय सदस्य हुन् भने मकर वैकल्पिक केन्द्रीय सदस्य र उमा महिला नेतृ हुन्। विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि सयौँ नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन्।

पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।