देश

१५ किलो चाँदीसहित एक भारतीय पक्राउ

महोतरी, साउन २१-महोत्तरी जिल्लाको मठिहानीस्थित सशस्त्र प्रहरीले तस्करी गर्न लागिएको १५ किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ३२ वर्षीय वीरेन्द्र महतो रहेका छन्।

बीआर ३२ एल ०९८९ भारतीय नम्बरको मोटरसाइल चढेर भारततर्फ गइरहेका महतोको हेल्मेटभित्र चाँदीको पोका बरामद भएको केन्द्रीय प्रवक्ता (डीआईजी)सुरजकुमार श्रेष्ठले जानकारी दिए। उक्त चादीको बजार मुल्य करिब १० लाखभन्दा बढी रहेको छ।

महतोको साथबाट नेपालको एनसीसी बैंक र भारतको पञ्‍जाब नेशनल बैंकको एटीएम, भारतीय पहिचान पत्र र भारतीय लाइसेन्स बरामद भएको छ।

Featured