देश

चावहिल-चुच्चेपाटी सडक निर्माण सम्पन्न गर्न माग गर्दै स्थानीयद्वारा विरोध, यातायात अवरुद्ध

काठमाडौँ, साउन २१-सडक बिस्तारको काम छिटो सम्पन्न नगरेको भनी चावहिल-चुच्चेपाटीका स्थानीयले सो सडक केही समय अघि देखि अवरुद्ध पारेका छन्। समय मै सडक तथा ढल निर्माणको काम नसकाएको भनेर स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार बिहान १० बजे डेढ-दुई सय स्थानीय जम्मा भएर सडकमा नाराबाजी गरिरहेका छन्। उनीहरुले समयमा काम नसकाउने ठेकदारलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन्।

Featured