देश

मुगुमा अज्ञात समुहद्वारा वडा कार्यालय सहित ४ घर जलायो, सम्पर्ण सामान जलेर नष्ट

मुगु, साउन २०-जिल्लाको खत्याड गाँउपालिको वडा नम्बर २ को वडा कार्यालय सहित ४ घर गए राति अन्दाजि १० बजे तिर जलेर पूर्ण रुपमा नष्ट भएका छन । भने मानवीय र चौयापको कुनै पनि क्षेतति नभएको जानकारी आएको छ।

खत्याड गाँउपालिकाको वडा कार्यालयको सम्पूर्ण कागज पत्र लगाएत अन्य सामान पूर्णरुपमा नष्ट भएको छ। वडा कार्यालय संग जोडिएका स्थानिय बासीहरुका पसल भएका घर लाल बहादुर मल्ल,टक्क मल्ल,हरिकृण दाहाल,पदम बुढाको पसलको सामान सहित घर पूर्णरुपमा जलेर नष्ट भएको छ। कसरी आगलागी भएको हो भन्ने कुनै पनि जानकारी आएको छैन। आगलागी भएको घरहरु भन्दा बाहीर अन्य स्थानियको घरको बाहिर ढोकोको चुक्कुल लगाई दिएको पानि धार समेत काटीएको अबस्था देखीएको खत्याड गाँउ पालिकाका अध्क्षय उब्जन बहादुर शाहीले बताएका छन।

शाहीका अनुसार ४ घरमा पसल रहेको हुदा घर भित्र रहेका ब्यापारीक सामानहरु अन्न लत्ता कपडा  सम्पूर्ण रुपमा जलेर नष्ट भएको छ। अहिले घटना स्थलमा प्रहरी आएर क्षेतीको एकीन बिवरण संकलनमा मुचुल्का गरिरहेका छन्। क्षतिको कुनै बिवरण नआएको र आगजनि कसरी भएको हो कुनै जानकारी नआएको आगलागी पिडीत अहिले आफन्तको घरका बसेको  बताएका छन।

आलगागी पिडीतका अनुसार हिजो आफु गाँउको घर तिर गई सकेको थिए आफन्त र छिमेकीका अनुसार ५ जनाको अपरितिच मुखमा माक्स लगाएर आएको टोलीले वडा कार्यालय रहेको घरको चारै तिर मट्टिले छरेको र आगजनि गराएको सुन्नमा आएको र आफु वडा कार्यालयको कर्मचारी भएको हुदा सामाजिक सुरक्षा भता समेत आफ्नो मोवाईल पसलमा राखेको नगद ११ लाख र ४ लाख आफ्नो घरको रकम गरि १५ लाख नगद जलेर नष्ट भएको छ। अन्य पसलको सम्पूर्ण सामान खरानि भएको विशेषगरि वडा कार्यालयलाई तारगेट गरेर आगजनि गराएका हुन वडा कार्यालय मुनि आफनो पसल र अन्य पसल लाईनमा जोडीएको हुदा अन्य चार घर पनि जलेर नष्ट भएको अग्नी पडित टक्क मल्लले बताएका छन।

आगलागीको खवर प्राप्त भए पछि आगलागि स्थानतिर प्रहरी गहिरहेको आगलागी कुन समुहले गरेको हो। कसरी आगलागी भएको हो प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुले बताएको छ। आगलागी भएको स्थान मुगुको सदरमुकाम गमगढी देखी १ दिन सम्म लाग्ने जति टाढा रहेको छ।