देश

सुनको भाउ अहिले सम्म कै उच्च

काठमाण्डौ, साउन २०-फेरी सुनको भाउ आज पनि नेपाली बजारमा निरन्तर बढीरहेको छ। हिजोको रेकड आज बढेर  फेरी तोडेको छ। अझ सुनको भाउले नयाँ  रेकर्ड बनाएको छ। आइतबार सुनको भाउ प्रतितोला  ६६ हजार ३ सय रुपैयाँ पुगेको  थियो भने आज  बढेर ६७ हजार ८ सय  पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लगातार शुक्रबार देखि बढिरहेको छ। शुक्रबार  एकैदिन प्रतितोलामा ८ सय रुपैयाँ बढेर ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको थियो। त्यसपछि सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको थियो भने आज आइतबार फेरी बढेर प्रतितोला छापावाल सुन ६७ हजार ८ सय पुगेको छ। तेजाबी सुन आज ६७ हजार ५ सयमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको भाउ पनि बढेको छ आज प्रतितोला  चाँदीको ७ सय ९५ रुपियाँ पुगेको छ।

Featured