देश

प्रचण्डद्वारा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी

काठमाडौं, साउन १९-नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए।

वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए। ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ’, उनले भने जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न प्रचण्डले सबैलाई आग्रह गरे।

Featured