विदेश सूचना/ प्रबिधि

इन्स्टाग्राम र वाट्सएपको नाम परिवर्तन हुँदै

वासिङ्टन, साउन १९-फेसबुकले आफ्नो मातहतमा रहेको एप्लिकेसन इन्स्टाग्राम र वाट्सएपको नाम छिटै नै परिवर्तन गर्दै छन्।

फेसबुकले सन् २०१२ मा इन्स्टाग्रामलाई खरिद गरि आफ्नो मातहतको एप्लिकेसन बनाएको थियो। फोटो र भिडियो सेयरका लागि अति लोकप्रिय एप्लिकेसनको रुपमा लिइएको इन्स्टाग्राम मासिनहरु अझै पनि इन्स्टाग्राम फेसबुकको मातहतको एप्लिकेसन हो भनेर चिन्दैनन्। फेसबुकले अब इन्स्टाग्राम र वाट्सएप आफ्नो एप्स हो भनेर चिनाउन इन्स्टाग्रामको नाम परिवर्तन गर्दैछ।

अमेरिकी संचारमाध्यमका अनुसार इन्स्टानको नाम ‘इन्स्टाग्राम फ्रम फेसबुक’ तथा अर्को एप्लिकेसन वाट्सएपको नाम ‘वाट्स एप फ्राम फेसबुक’ नाम राखिनेछ।-डेलीमेल

Featured