विदेश

अमेरिकामा फेरि गोली चल्यो, ९ जनाको मृत्यु, १६ घाइते

ओहायो, एएफपी, साउन १९-अमेरिकाको टेक्सस राज्यमा रहेको एक शपिङ मलमा गोलिबारीको घटना भएको केहि समय पछि फेरी अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको भएको छ। ओहायो राज्यस्थित डेटनमा आइतबार ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ। गोलीकान्डमा परी १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको प्रहरीले बताएको छ।

अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो।

यस घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Featured