विदेश सूचना/ प्रबिधि

‘टिकटक’ ले आफ्नै स्मार्टफोन बजारमा ल्याउँदै

काठमाडौं, एजेन्सी, साउन १९-५० करोड प्रयोगकर्तासँगै सबैभन्दा तीव्र गतिमा प्रयोगकर्ता आकर्षित गरिरहेको टिकटक निर्माण गर्ने कम्पनी बाइट डान्सले आफ्नै ब्राण्डको स्मार्टफोन बजारमा ल्याउने भएको छ।

भिडियो शेयरिङ एप टिकटकको शानदार प्रदर्शन पछि टिकटक बनाउने कम्पनी स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको हो। १५ सेकेण्डको भिडियो पोस्ट गरिने टिकटकमा अहिलेसम्म प्ले स्टोरमा १ सय करोडभन्दा धेरैपटक डाउनलोड भैसकेको छ। बाइटडान्ससँग टिकटकका अलावा अन्य केही भिडियो तथा समाचारमा आधारित एपहरुको पनि स्वामित्व रहेको छ।

त्यसमा स्लेक, फ्लिपचार्ट, टोटिओ लगायतका रहेका छन्। तर ती मध्ये सबैभन्दा लोकप्रिय टिकटक नै रहेको छ।

Featured