देश राजनीति

नेकपा अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौ, साउन १८-युएई भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदैछन्। मंगलबार परिवारका सदस्यहरुसहित युइए भ्रमणमा निस्किएका अध्यक्ष प्रचण्ड आज १२ बजे स्वदेश फर्किन लागेका हुन्।

पत्नी सिता दाहालसहित परिवारका अन्य सदस्यहरुसहित अध्यक्ष प्रचण्ड घुमघामका लागि दुवई भ्रमणमा गएका थिए। उनको भ्रमणको उद्धेश्य घुमघाममात्र रहेको उनी निकट श्रोले जनाएको छ।

नेकपाको सचिवालय बैठक स्थगित गरेर अध्यक्ष प्रचण्ड दुवई भ्रमण गएका थिए।