काठमाडौ, साउन १८-मित्र राष्ट्र दक्षिण कोरियामा सम्पन्न सिनहान युनिभर्सिटी अन्तर्राष्ट्रिय ताईक्वान्डो च्याम्पियनसिप सुजल नन्द बैद्यले स्वर्ण पदक हासिल गरेका छन्।
उनले ५५ केजी तौल समूहमा प्री क्वाटर थाइल्यान्डका खेलाडीले पराजित गरेका थिए। त्यस्तै क्वाटर फाईनल तर्फ मलेसियाका खेलाडीलाई पराजित गरेका थिए भने सेमिफाइनलमा भियतनामका खेलाडीलाई पराजित गर्दै फाइनालमा प्रवेश गरेका थिए। फाईनलमा कोरियाका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरेका हुन्।
सुजलको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण पदक हो। एक बर्ष अगाडि थाइल्यान्ड ओपन ताईक्वान्डो च्याम्पियनसिप रजत पदक ल्याएका थिए। नेपालमा भएको राष्ट्रिय प्रतियोगितामा थुप्रै स्वर्ण पदक हासिल गरि सकेका छन्।
प्रतिक्रिया दिनुहोस