देश

थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, साउन १८-थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्ने प्रलोभनमा पारी नगद १ लाख रुपैयाँ ठगी गरेको अभियोगमा महोत्तरी, महोत्तरी गाउँपालिका-३ बस्ने ३४ वर्षीय प्रवीण कुमार लाभलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

ठगी मुद्दामा अनुसन्धानको शिलशिलामा आकिव जावेद, यम दादुल मोमिन र सगिर शेखलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा थुनामा राखी अनुसन्धान भइरहेको अवस्थामा निज प्रवीणले उनीहरूलाई छुटाइदिन्छु भनि धनुषा जनकपुर उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसँग साउन २ गते उक्त नगद लिई ठगी गरेको भन्ने सूचना प्राप्त भए पश्चात सोही परिसरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।