देश मनोरंजन

‘द भ्वाइस अफ नेपाल’ ३१ साउन बाट सुरु

काठमाडौँ, साउन १७ –गायन प्रतिभा खोज्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–१ को सफलता पछि ‘द भ्वाइस अफ नेपाल सिजन–२’ साउन ३१ बाट सुरु हुने भएको छ।  हिमालय टीभी एचडीमा बाट ३१ गतेदेखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म उक्त सो प्रसारण हुने द भ्वाइस अफ नेपालका आयोजकले जानकारी दिएका छन्।

करिब २२ हजार आबेदक मध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले द भ्वाइस अफ नेपाल सिजन–२ को ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो प्रस्तुति दिएका छन्। यो सो मार्फत आफ्नो सुरिलो स्वरले कोचको कुर्सी घुमाएर उनीहरुको  भाग्य परिक्षण हुने र उनीहरुको सांगीतिक यात्रा सुरु हुने छ।

‘निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुग्नुभएको छ’ कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले भने–‘सबै एक से एक हुनुहुन्छ, प्रतिस्पर्धा निकै कडा छ।’ या सिजनमा राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन्।