देश

नख्खु कारागारमा कैदी बीच झडप, १ जनाको मृत्यु

काठमाडौं, साउन १७-लतिपुरको नख्खु कारागारमा कैदी बन्दीबीच एकआपसमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार अपरान्ह १ बजेको भएको झडपमा नख्खु कारगारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीवको मृत्यु भएको छ।

ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेका हुन्। आक्रमणकारीको नाम पवन रहेको बुझिएको छ।

ललितपुर प्रहरीका अनुसार आक्रमणकारीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जानकारी दिएको छ।

Featured