देश

हतियारसहित विप्लवका तीन कार्यकर्ता पक्राउ

काठमाडौं, साउन १६-प्रहरीले रौतहटबाट हतियारसहित विप्लवका तीन कार्यकर्तालाई पक्राउ गरेको छ।

विप्लव समूहमा आबद्ध रही लामो समयदेखि क्रियाशील रहेका ३० वर्षीय रेहान तामाङ भन्ने राम बहादुर घिसिङ, ३५ वर्षीय मान बहादुर वाइवा र ५५ वर्षीय रेवप्रसाद मैनालीलाई प्रहरीले पक्राउ गरेको हो।

घिसिङको घरबाट सेमी अटोमेटेड चाइनिज पेस्तोल १ थान, ऐको लाइभ राउन्ड ५ थान, कटुवा पेस्तोल १ थान र ऐको लाइभ राउन्ड ३ थान प्रहरीले बरामद गरेको छ। त्यस्तै मैनालीको घरबाट लाइभ राउन्ड १ थान बरामद भएको डिएसपी कवित कटवालले जानकारी दिए।

बिप्लवको नेकपाले बुधबार गरेको बन्द कार्यक्रममा रौतहटको गैडाटारस्थित आदर्श सामुदायिक वनको भवनमा आगजनी भएको थियो। आगजनीबाट कागजात, फर्निचर,कम्प्युटर लगायतका सामानहरू नष्ट भएको र सोही कार्यालय नजिक सडकमा पेट्रोल बम समेत राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सो घटनाको अध्ययन गर्दै जाँदा बिहीबार ती कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुबाट केही थान मोबाइल तथा मोटरसाइकल समेत बरामद भएको छ। सोही समूहले नै यसअघि गैडाटारमा रहेको एनसेलको टावरमा आगजनी गरेको पाइएको प्रहरीले जनाएको छ।

Featured