देश

एक किलो सुनसहित थानकोटबाट एकजना पक्राउ

काठमाडौँ, साउन १६-थानकोटबाट एक किलो सुनसहित रसुवाको गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङ पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले रसुवाबाट काठमाडौँ आउँदै गरेका रसुवाको गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले रसुवाबाट बा ९० प २७३६ नम्बरको मोटरसाइकलमा काठमाडौँ आउदै गरेको बेला तामाङलाई पक्राउ गरेको बताए।

तामाङले केरुङ नाका हुँदै चीनबाट सुन ल्याएको अनुमान प्रहरीले गरेको छ। तामाङको विषयमा थप अनुसन्धान भइरहेको थापाले बताए।