देश

विप्लव नेकपाद्वारा एकैपटक तीन एनसेल टावरमा आक्रमण

झापा, साउन १५-विप्लव नेकपाद्वारा झापाका तीन अलग अलग स्थानमा मोबाइल सेवा प्रदायक एनसेल कम्पनीको टावरमाथि आज बिहान एकैपटक आक्रमण भएको छ। जिल्लाको भद्रपुर, दमक र कमल गाउँपालिकामा रहेको एनसेल टावरमा विप्लव नेकपाले आगजनी तथा बम विस्फोट गराएको हो।

भद्रपुर र कमल गाउँपालिकाको टावरमा आगजनी गरिएको छ भने दमकमा रहेको एनसेल टावरमा बम विष्फोट गराएको छ। विप्लव नेकपाद्वारा एक्कासी एनसेलको टावरमा आगजनी भएपछि अहिले उक्त ठाउँमा प्रहरी बाक्लो उपस्थिती रहेको छ।

प्रहरीका अनुसार यसअघि पनि पटक/पटक विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमणका साथै आगजनी गरेका कारण यसपटक पनि उसैले उक्त काम गरेको हुन सक्ने अनुमान गरेको  छ।

यद्यपी घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।

Featured