देश

बँदेलको आक्रमणबाट सात जना घाइते

बाजुर, माघ २७–गौमुल गाउँपालिका–३ माझपालीमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका सात जना जंगली जनावर बँदेलले आक्रमणबाट घाइते भएकाम छन् । घाइते हुनेमा सोही वडाका स्थानीय ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण विश्वकर्मा, ५० वर्षीय डबल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले जानकारी दिए । यसैगरी ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय रमेश रोकाया र ४२ वर्षीय लाल कामी पनि बँदेलको आक्रमणबाट घाइते भएका छन् ।

घाइते भएका मध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको छ । बदेलको आक्रमणमा परी घाइते भएका चार जनाको गौमुल स्वास्थ्य चौकीमा उपचार पछि घर फकाइएको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए । बँदेलको आक्रमणमा परी गम्भीर घाइते भएइका जगत विश्वकर्मालाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुडामणि पन्तले जानकारी दिए ।

विश्वकर्माको दुवै हातको औला छैन भने पूर्ण वि.क. र डबल रोकायाको हात खुट्टा र ढाडमा चोट लागेकाले जिल्ला अस्पतालमा उपचार भइरहेको सुचना अधिकारी पन्तले बताए । गम्भीर घाइते भएका विश्वकर्माकामे ढाड समेत भाँचिएकाले जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र पठाउनु परेको अस्पतालले जनाएको छ ।

Featured