खेलकुद विदेश

फ्रेन्च लिग वानमा पीएसजीलाई १२ अंकको अग्रता

एजेन्सी, माघ २७–पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा दोस्रो स्थानको मार्सेलीसँग १२ अंकको अग्रता कायम गरेको छ ।गएराति भएको खेलमा लियोनमाथि ४–२ को जीत दर्ता गरेको हो । पीएसजीले तीन गोल गोल गरेको हो भने एक गोल उपहार पाएको थियो । उसका लागि एन्जल डी मारियाले २२ औं, केलियन एमबाप्पेले ३८ तथा एडिन्सन काभानीले ७९ औं मिनेटमा गोल गरे ।

लियोनका मार्काल डी ओलिभिएराले ४७ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । यस्तै लियोनका लागि तेरिएरले ५२ औं तथा डेम्बेलेले ५९ औं मिनेटमा गोल फर्काएका थिए । जितपछि पीएसजीका २४ खेलबाट ६१ अंक भएको छ । मार्सेलीको समान खेलबाट ४९ अंक छ ।

Featured