खेलकुद विदेश

बार्सिलोनाको संघर्षपूर्ण जीत, विजयी गोलपछि रातोकार्ड

एजेन्सी, माघ २७–स्पेनिस ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जीत निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ३–२ को जित हात पारेको हो । बार्सिलोनाका लागि फ्रेन्की डि जोङ, सर्जियो बुस्क्वेट, र क्लेमेन्ट लेङ्मेन्टले एक एक गोल गरे । बार्सिलोनाका लागि विजयी गोल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्गलेट रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । अन्तिमको १० मिनेट भन्दा बढी समय दुवै टिम १० खेलाडीमा सीमित भए ।

खेलको ७२ औं मिनेटमा बार्सिलोनाका लागि विजयी गोल गरेका क्लेमेन्ट ७९ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए । त्यसअघि ७६ औं मिनेटमा रियल बेटिसका नबिल फकिर दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । उनले २६ औं मिनेटमा टिमका लागि गोल गरेका थिए । छैटौँ मिनेटमा पाएको पेनाल्टीमा सर्जिओ कानालेसले गोल गरेर रियल बेटिसलाई सुरुवाति अग्रता दिलाएका थिए । नवौँ मिनेटमा फ्रेन्की डी जोङ्गले रियल मड्रिडका लागि बराबरी गोल गरेका थिए ।

यस्तै रियल मड्रिडका लागि पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सर्जियो बुस्क्वेट्सले गोल गरेका हुन् । संघर्षपूर्ण जितपछि दोस्रो स्थानको बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग तीन अंकको दूरी कायम राख्न सफल भयो ।बार्सिलोनाको २३ खेलबाट ४९ अंक छ । पराजित भएको रियल बेटिस २८ अंकसहित १३ औं स्थानमा छ । गएराति भएका अरु खेलमा स्पानियोलले मालोर्कालाई १–० तथा रियल सोसिडाडले एथ्लेटिको बिल्बाओ र सेल्टा डी भिगोले सेभिल्लालाई समान २–१ ले पराजित गरेको छ ।

Featured