खेलकुद देश

ओमानसँग नेपालको लगातार दोस्रो हार

काठमाडौं, माघ २६–क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा र्गयो । यसअघि आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँगै पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

Featured