देश राजनीति

समानताको सिद्धान्तविपरीत राज्य जान लाग्यो :नेता पौडेल

चितवन, माघ २६–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन् । पत्रकारसँग आज भरतपुरमा कुराकानी गर्दै उनले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरे । नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णयमाथि पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताए ।

फरक प्रसङ्गमा उनले पार्टी्भित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताए । आफू पार्टी्भित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो । राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उनले सुशासन, पारदर्शिता र विकृतिरहित बनाउन आवश्यक रहेको बताए । रासस

Featured