देश

नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न अडानको माग

काठमाडौं, माघ २६–नेपाल अडिटर्स एसोसीएसन (अडान)ले नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न सरकारसँग माग गरेको छ । यही २४ र २५ माघमा काठमाडौंमा बसेको अडान केन्द्रीय समिति बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को व्यापक संशोधन गर्न वा नयाँ ऐन जारी माग गरेको हो ।

चाटर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा ३० मा दर्तावाला लेखापरीक्षकहरूलाई लेखापरीक्षक ऐन २०३१ वमोजिम पाइआएका सुविधावाट बञ्चित गरिने छैन भन्ने व्यवस्था भए पनि सो ऐनविरुद्ध नियमावलीमा ऐनको अधिकार कटौती गर्नु कानूनको सामान्य सिद्धान्त विपरीत भएको भन्दै अडानले त्यस्ता प्रावधान तत्काल खारेज गर्न सवद्ध निकायहरुसँग आग्रह गरेको छ ।

Featured