देश

आभा काव्य लहरको सातौं शृंखला सम्पन्न

काठमाडौं, माघ २६आभा फर क्रिएटीभिटीको त्रैमासिक कार्यक्रम ‘आभा काव्य लहर’को सातौं शृंखला काठमाडौं कालिकास्थित सर्वनाम थिएटरमा सम्पन्न भएको छ । कविता विशेष कार्यक्रममा चार कविहरूका २० कविता सुनिएको थियो । कार्यक्रममा भोजपुरका कविहरू शैलेन्द्र साकार, श्रवण मुकारुङ, विप्लव ढकाल तथा खोटाङका कवि नवीन प्यासीले आफ्ना ५÷५ वटा कविता वाचन गरेका थिए।

नियमित रचना वाचनको ३० औं शृङ्खला समापन गरिसकेपछि विशेष शृङ्खला संचालन गर्ने उद्देश्यले ‘आभा काव्य लहर’ नामक काव्य अंक सुरुवात गरेको आभाले आफ्नो पहिलो शृङ्खला पनि कविता विशेष राखेको थियो । कविता र गजलका कार्यक्रम एकपछि अर्को गर्दै तीन–तीन महिनाको अन्तरालमा संचालन गर्दै आएको आभाले ‘आभा काव्य लहर’ शीर्षकको काव्य शृङ्खला २०७५ – असार देखि सुरु गरेको हो ।

‘पठन संस्कृतको विकास, सिर्जनशीलताको अभ्यास’ भन्ने उद्देश्यका साथ स्थापना भएको आभाले साहित्यका अलावा चित्रकला, प्रफमेन्स आर्ट, संगीत लगायत जनचेतना र समाजसेवामा समेत अनवरत रुपमा कदम चालिरहेको संस्थाका सचिव राजु झल्लु प्रसादले बताए ।

Featured