देश

राप्तीमा बेपत्ता व्यवसायीको शव भेटियो

बाँके, माघ २६शनिबार वनभोज खान गएका बेला राप्ती नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका कोहलपुरका व्यवसायीको शव भेटिएको छ । अगैयास्थित राप्ती नदीमा बेपत्ता भएका शिव शर्माको शव आइतबार बिहान पौने १० बजे फेला परेको हो ।

शनिबारदेखि नै नेपाल प्रहरी, सशस्त्र र स्थानीयले खोजी जारी राखेका थिए । आइतबार बिहान सेना र सशस्त्रको गोताखोर टोलीले वनभोज खाएको क्षेत्र नजिकै नदीभित्र ढुंगामा अड्किएको अवस्थामा शर्माको शव फेला पारेका हुन् । कोहलपुर–१२ चप्परगौडीमा शर्मा पसल सञ्चालन गर्दै आएका थिए ।

खानपिनपछि नुहाउन नदीमा गएका शर्मा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । शनिबार दिउँसोदेखि नै उनको खोजी जारी राखिएको थियो । शवलाई पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Featured