देश

स्वास्थ्यकर्मी र औषधिबिना हेल्प डेस्क

जनकपुर, माघ २६–कोरोना भाइरस रोकथाम गर्न प्रदेश २ का विभिन्न जिल्लामा हेल्प डेस्क स्थापना गरिएको छ । भारतीय सीमासँग जोडिएका नाकाहरुमा हेल्प डेस्कमा जाँच गरिनेछ । धनुषाको सीमावर्ती क्षेत्रका विभिन्न नाकामा हेल्थपोष्ट स्थापना गरिएको छ । धनुषाको सिमावर्ती क्षेत्रस्थित जटहीलगायत प्रदेश नम्बर २ को अधिकांश सीमावर्ती क्षेत्रमा कोरोना भाइरसको निगरानी एवं चेक जाँचका लागि हेल्प डेक्स स्थापना गरिएको हो ।

जटही नाकामा कोरोना भाइरस हेल्प डेस्कका लागि नगराइन नगरपालिका, प्रादेशिक अस्पताल जनकपुर र सशस्त्र प्रहरीको सहयोगमा हेल्प डेस्क सञ्चालन गरेको नगराइन नगरपालिकाका नगरप्रमुख परमेश्वर यादवले जानकारी दिए ।

Featured