देश

पलातामा फागुन १ गते सार्वजनिक बिदा

सुर्खेत, माघ २५–कालिकोटको पलाता गाउँपालिकाले नेपालमा १२ वर्षसम्म चलेको सशस्त्र युद्ध सुरू भएको दिन अर्थात् १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले १ फागुनलाई ’जनयुद्ध’ दिवसका रूपमा मनाउँदै उक्त दिन बिदा दिने निर्णय गरेको हो ।

त्यस अवसरमा पारेर पलातामा खेलकुद कार्यक्रमसमेत गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए । ‘जनयुद्धका शहीदहरुको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि निरा स्मृति कप सञ्चालन गर्दै आएको छ’, उनले भने, ‘उक्त दिन गाउँपालिकामा बिदा दिने निर्णय भएको छ ।’ फागुन एक गतेबाट पलाता गाउँपालिकाले सार्वजनिक यातायात सञ्चालन गर्दैछ । त्यसैगरी, आगलागीपछि पुनर्निर्माण गरिएको खाडाको बस्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष बमले जानकारी दिए ।

Featured