खेलकुद विदेश

भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरीजमा न्युजिल्याण्ड विजयी

एजेन्सी, माघ २५–भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरीज न्युजिल्याण्डले जितेको छ। शनिबार भएको सिरीजको दोस्रो खेलमा न्युजिल्याण्डले भारतलाई २२ रनले हराउँदै ३ खेलको सिरीज २–० ले आफ्नो पक्षमा पारेको हो। न्युजिल्याण्डले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याएको भारतले ४८.३ ओभरमा अलआउट हुँदै २द सय ५१ रन मात्र बनायो। भारतको लागि रविन्द्र जडेजाले ५५ रनको योगदान दिँदा श्रेयास लेयरले ५२ रन बनाए। त्यस्तै नाभ्दीप सैनीले ४५ रन बनाए भने पृथ्वी शाहले २४ रन जोडे।

न्युजिल्याण्डको बलिङमा हमिश बेन्नेत, टिम साउथी, केयल ज्यामिसन, कोलिन ग्रान्डोम्मीले समान २–२ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारीत ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७३ रन बनाएको थियो। उसको लागि मार्टिन गुप्तीलले सर्वा्धिक ७९ रन बनाए भने रोस टेलरले नटआउट ७३ रनको योगदान दिएका थिए।

त्यस्तै हेनरी निकोल्सले ४१ रन बनाउँदा केल ज्यामीसनले नटआउट २५ रन बनाए। भारतको बलिङमा युभेन्द्र चाहालले ३ विकेट लिए भने शर्दल ठाकुरले २ विकेट हात पारे। त्यस्तै रविन्द्र जडेजाले एक विकेट लिए। सिरीजको पहिलो खेलमा भारत न्युजिल्याण्डसँग ४ विकेटले पराजित भएको थियो।

Featured