देश राजनीति

रन्जु दर्शनासहित ११ जना पक्राउ

काठमाडौं, माघ २५–विवेकशील नेपालीका ११ नेता काठमाडौंबाट पक्राउ परेका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा अख्तियारले पक्षपातपूर्ण निर्णय लिएको भन्दै शनिबार बिहान ’भ्रष्टाचारीलाई रेड कार्ड’ देखाउन बालुवाटार पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले विवेकशी पार्टीका रन्जु दर्शना, संगीता बाटाजु, वृतान्त खनाल, आलोक सुबेदी, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठलगायत ११ जनालाई पक्राउ गरेको हो ।

विवेकशीलले जारी गरेको प्रेस विज्ञप्तिमा अख्तियारले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई मुद्दा लगाउने निर्णय स्वागतयोग्य भए पनि पक्षपात गरेको भन्दै विवेकशील नेपालीले आयोगको ध्यानाकर्षण गर्न प्रदर्शन गरेको उल्लेख गरिएको छ । प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाइ गर्न पनि विवेकशीलले माग गरेको छ ।

Featured