देश

ए डिभिजन लिग फुटबल :फ्रेण्ड्समाथि जाउलाखेलको जित

काठमाडौं, माघ २५–सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत दोस्रो खेलमा जाउलाखेल युथ क्लबले फ्रेण्ड्स क्लबमाथि जित निकालेको छ । शनिबार एन्फा मैदान सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा जाउलाखेलले फ्रेण्ड्स क्लबलाई १—० गोल अन्तरले पराजित गरेको हो । जाउलाखेलको जितमा फोडे फोफानाले खेलके ५८औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै जाउलाखेलले लिग तालिकामा थप तीन अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । हारपछि फ्रेन्ड्स क्बल १४ अंकमा सीमित रहँदै नवौं स्थानमा छ । शनिबार नै हुने मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) बीचको खेल भने स्थगित भएको छ । शनिबार ३ बजे सशस्त्र प्रहरीको मैदान हल्चोकमा हुने भनिएको खेल प्राविधिक कारणले स्थागित गर्नुपरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल आइतबार १ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

Featured