देश

सुदूरपश्चिममा भूकम्पको धक्का

धनगढी, माघ २५–सुदूरपश्चिममा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा केन्द्र बिन्दु भएर पहिलो पटक र भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास केन्द्र बिन्दु भएर दोस्रो पटक भूकम्पको धक्का महसुस गरिएको हो । पहिलो धक्का बिहान ५ बजेर १५ मिनेटमा र दोस्रो ६ बजेर ४६ मिनेटमा गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार पहिलो भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको र दोस्रो ५ दशमलव ३ रेक्टर स्केलको गएको हो । आज बिहानै दुई पटक भूकम्प गएपछि त्यसको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षति भएको विवरण भने अहिलेसम्म आएको छैन ।

Featured