देश

साताको सेयर बजार :सात अर्बको कारोबार

काठमाडौं, माघ २५–धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १ सय ७७ कम्पनीका एक करोड ११ लाख ६ हजार ३ सय ५३ कित्ता सेयर सात अर्ब ३९ करोड १७ लाख दुई हजार ५ सय १० मूल्यमा खरिद बिक्री भए । बजार असन्तुलित देखिँदा नेप्से ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक उकालो लाग्यो।

उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेर नेप्से परिसूचक २१ दशमलव २६ ले बढेर एक हजार ३४६ दशमलव ६४ मा पुग्यो । नेप्सेले उकालो यात्रा तय गर्दा कारोबार रकम भने दुई अर्ब रुपैयाँमाथि नाघ्यो । कूल १ सय ७५ कम्पनीका ५३ लाख ४६ हजार ५ सय ८ कित्ता सेयर दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७ सय ९९ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । सोमबार नेप्से परिसूचक वृद्धि भयो । त्यसदिन नेप्से २ दशमलव ४९ अङ्कले बढेर एक हजार ३४९ दशमलव १३ मा पुग्यो । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने डेढ अर्ब नाघेको थियो।

कूल १ सय ७७ कम्पनीका ४७ लाख ४८ हजार ८ सय २९ कित्ता सेयर एक अर्ब ६१ करोड १७ लाख १९ हजार २ सय ३ रुपैयाँमा खरिद–बिक्री भए । मङ्गलबार नेप्से परिसूचक १२ दशमलव ०९ विन्दुले घटेर एक हजार ३३७ दशमलव ०४ मा र्झयो । नेप्से ओरालो लागे पनि कारोबार रकम भने डेढ अर्बमाथि रहेको छ । कूल १ सय ७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता सेयर एक अर्ब ५७ करोड एक लाख ६६ हजार १ सय ६३ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।

बुधबार नेप्सेमा सामान्य वृद्धि भयो । नेप्से ५ दशमलव ३१ अङ्कले बढेर एक हजार ३४२ दशमलव ३६ मा पुग्यो । परिसूचक वृद्धि भए पनि कारोबार रकम एक अर्बमै सीमित भयो । बुधबार कूल १ सय ७७ कम्पनीका ३२ लाख ६० हजार १ सय ९८ कित्ता सेयर एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९ सय ९ रुपैयाँमा खरिद बिक्री भयो । बिहीबार भने सेयर बजार पुनःओरालो लाग्यो । नेप्से ८ दशमलव ६७ विन्दुले घटेर एक हजार ३३३ दशमलव ६९ मा र्झयो । कूल १ सय ७५ कम्पनीको २८ लाख एक हजार ८ सय ३ कित्ता सेयर एक अर्ब चार करोड ९३ लाख ४५ हजार ४ सय ३६ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।

Featured