देश

माछापालनमा रमाउँदै जनप्रतिनिधि

कञ्चनपुर, माघ २५–कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्कीले माछापालन व्यवसायबाट वार्षिकरुपमा रु २० लाख बढी आम्दानी गर्दै आएका द्धन् । उनले पाँच बिघा १० कट्ठा जग्गामा नौ पोखरी निर्माण गरी माछापालन गर्दै आएका हुन् । वडामा भित्र सो व्यवसायबाट सबैभन्दा बढी आम्दानी गर्नेमा उनी पहिलो नम्बरमा छन्।

उनको पोखरीमा रोहु, नैनी, कमन, ग्रास, भ्याकुर, विगेट र पंगासिस जातका माछा पालिएका छन्। वार्षिक रु एक करोड बढी खर्च हुन्छ उनले भने, ‘तर रु २० लाख बढी आम्दानी हुँदैन।’ वार्षिकरुपमा ३०० क्विन्टल बढी माछा पोखरीमा उत्पादन हुने गरेको छ। उत्पादित माछा स्थानीय बजारसँगै डडेल्धुरालगायतका जिल्लामा खपत हुने गरेको छ। व्यावसायिक माछापालनमा तालिम समेत लिएका उनले सातवर्ष अगाडि व्यवसाय शुरुवात गरेका थिए । (रासस)

Featured