विदेश

कोरोनाभाइरस पीडित भनेपछि बलात्कारबाट जोगिइन एक युवती !

एजेन्सी, माघ २५–चीनमा अहिले निकै खतरनाक कोरोनाभाइरस फैलिइरहेको छ। यो भाइरसका कारण अहिलेसम्म झण्डै ७ सय जनाको ज्यान गइसकेको छ। तर, यही भाइरसले चीनमा एक युवतीको इज्जत र ज्यान बचाएको छ। घटना चीनको वुहान शहरको भएको डेलिमेलले लेखेको छ।

चीनमा एक युवतीलाई बलात्कार गर्ने नियतले एक युवक आएका थिए। युवकले उनलाई बलात्कार गर्ने प्रयास गरेपछि युवती आत्तिइन्। डराएकी युवतीले खोकेको नाटक गर्दै आफू कोरोनाभाइरस पीडित भएको बताइन्। युवतीको यो आइडियाले काम गर्यो। बलात्कार गर्ने नियतले आएका ती युवक डराए र युवतीलाई छोडेर भागे।

Featured