खेलकुद देश

नेपाललाई कुशलले दिलाए सातौं सफलता, नेपाल जिततर्फ अग्रसर

काठमाडौं, माघ २५–आइसीसी विश्वकप लिग २ अन्तगर्तको त्रिकोणात्मक सिरीजको दोस्रो खेलमा नेपाल र अमेरिकाबिच प्रतिस्पर्धा भइरहेको छ। टियु क्रिकेट मैदानमा जारी खेलमा अमेरिका नेपालले दिएको १ सय ९१ रनको विजयी लक्ष्य पछ्याइरहेको छ। अमेरिकाविरुद्ध नेपाली बलरहरु हाबी भइरहेका छन्। नेपालको लागि सातौं विकेट कुशल मल्लले दिलाएका छन्। यससँगै नेपाल जिततर्फ अग्रसर भएको छ। नेपालले लागि पाँचौ र छैटौं सफलता शुसन भारीले दिलाएका थिए।

नेपाललाई पहिलो सफलता सन्दीप लामिछानेले दिलाएका थिए भने करण केसीले दास्रो र तेस्रो सफलता दिलाएका थिए। त्यस्तै चौथो विकेट सन्दीपले नै लिएका थिए। यसअघि पहिले ब्याटिङ गरेको नेपालले विनोद भण्डारी र कुशल मल्लको अर्धशतकमा नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो। नेपालको लागि भण्डारीले ५९ रन बनाए भने कुशल मल्लले ५० रनको योगदान दिएका थिए।

खराब शुरुवात गरेकोे नेपाललाई विनोद भण्डारी र कुशल मल्लले सम्हालेका थिए। नाजुक अवस्थामा रहेको नेपालको स्कोरलाई सम्मानजनक स्थितिमा लम्काएका थिए। नेपालका ओपनर सुबास खकुरेल ३ रनमा आउट भएका थिए भने कप्तान ज्ञानेन्द्र मल्ल ३९ बलमा २१ रन बनाउँदै पवेलियन फर्किए।

त्यस्तै तेस्रो विकेटको रुपमा भरपर्दा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी डकआउट भए। त्यस्तै पारस खड्का १९ रनमा पवेलियन फर्किए भने आरिफ शेख २ रनमा आउट भए। करण केसी १२ रनमा क्याच आउट हुँदा सन्दीप लामिछाने डकआउट भए।

सुशन भारीले ११ रन बनाउँदा अविनाश बोहराले ५ रन जोडे। अमेरिकाको बलिङमा क्यामेरोन स्टेभेन्सनले ३, रस्टी थेरोन र सौरभ नेत्रभल्करले समान २–२ विकेट लिएका थिए।

Featured