देश

अंशबण्डाको विषयमा विवादहुँदा जेठाजुद्धारा बुहारीको हत्या

विराटनगर, माघ २५–ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका–२ खाल्टे थेचम्बका ३५ बर्षीया शुकमायालिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ । बिहिबार साँझ सवा ५ बजे दाजु भाईको अंश वण्डाको बिषयलाई लिएर बिबाद हुँदा पुर्ण कुमार लिम्बुले आफ्नै कान्छी भाईबुहारी शुकमायालाई खुकुरीले घाँटी र टाँउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरी बुहारीको हत्या गर्ने जेठाजु पुर्णकुमारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Featured