देश

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बुटवल, माघ २४–रुपन्देहीको सैनामैनामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिका– २, कालिकाचोकमा मोटरसाइकल दुर्घटना हुँदा रोल्पा नगरपालिका खुमका २५ वर्षीय ताराप्रसाद केसीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु२६प ८१८० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ नै जाँदै गरेको लु२ख ३७९८ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई टिपरमुनि परेका केसीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । चालक र टिपर इलाका प्रहरी कार्यालय मुर्गियाको नियन्त्रणमा छ ।

Featured