देश शिक्षा

विद्यालय तहमा ‘स्टिम एजुकेसन’

काठमाडौँ, माघ २४–विद्यालय तहमा स्टिम एजुकेसन लागू गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । डिजिटल पत्रिका शिलापत्रडटकमले शुक्रबार काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आयोजना गरेको नेपाल एडु स्टिम कार्यशालामा सरोकारवालाहरूले विद्यालय तहमा स्टिम एजुकेसन लागू गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको शिक्षा, स्वास्थ्य, कृषि, जंगल, वातवरण, भूगोल र भूबनावटअनुसारको शिक्षा आवश्यक रहेको बताए । ‘साइन्स एन्ड टेक्नोलोजीबाट विकास गर्ने कि, हाम्रो देशको रिसोर्स बेसमा शिक्षाको विकास गर्ने ? वा नेचरले दिएको रिसोर्सका आधारमा बच्चालाई पढाउने ? यसबारे विद्वानहरूले राज्यसँग छलफल गर्नुपर्छ,’ पूर्वराष्ट्रपति यादवले भने ।

Featured