देश

वैद्यनिकट विद्यार्थी संगठनले सीटीईभीटीमा बुझायो ज्ञापनपत्र

काठमाडौं, माघ २४–अखिल क्रान्तिकारीले सीटीईभीटीका सदस्यसचिवलाई ज्ञापनपत्र बुझाएको छ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (माओवादी) निकट विद्यार्थी संगठनले सीटीईभीटीमा भएको शैक्षिक विकृतिका विरुद्ध सीटीईभीटीका सदस्य पुष्परमण वाग्लेलाई शुक्रबार ज्ञापनपत्र बुझाएका हुन् ।

सीटीईभीटीअन्तर्गतका विभिन्न क्याम्पसहरूले चर्को शुल्क लिने गरेको भन्दै अखिल क्रान्तिकारीले विरोध गर्दै आएको छ । शुक्रबार संगठनका संयोजक जितेन्द्र लम्सालको नेतृत्वको विद्यार्थी समूहले वाग्लेलाई ज्ञापनपत्र बुझाएको हो ।

Featured