देश

कैदीलाई छुटाइदिन्छु भन्दै ४२ लाख ठग्ने अधिवक्ता पक्राउ

काठमाडौं, माघ २४–ठगीको आरोपमा एक जना अधिवक्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा टंकबहादुर रानामगर छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले माइतीघरबाट शुक्रबार पक्राउ गरेको हो । मगरले माइतीघरमै जनन्यायिक कानुनी सेवा सञ्चालन गरेका छन् ।

मगरले नख्खु कारागारमा रहेका रमेश दाहाललाई छुटाइदिने भन्दै उनको परिवारबाट ४२ लाख रूपैयाँ लिएको उजुरीका आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए । दाहाल राजस्व छलीको अभियोगमा पक्राउपछि जेल चलान भएका हुन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत मंसिरमा पक्राउ गरेको थियो ।

Featured