देश

चीनलाई १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग

काठमाडौं, माघ २४–नोवेल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारले १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ । सरकारको निर्णयअनुसार शुक्रबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिनियाँ राजदुत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् ।

चीनमा नोवेल कोरोना भाइरसको संक्रमणबाट जोगाउने मास्कको अत्यधिक माग भएपछि नेपाल सरकारले मास्क सहयोग गर्ने निर्णय गरेको थियो । परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसको संक्रमणमा नेपाललगायत अन्तर्रा्ष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्त्वपूर्ण भएको बताइन् ।

उनले यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप ऊर्जा मिलेको समेत बताइन् । बिहीबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरूलगायत सुरक्षा निकायका प्रमुखसहितको बैठकले नोवल कोरोना भाइरसँग जुधिरहेको चीनलाई १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

Featured