देश

मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपरचालक पक्राउ

काठमाडौं, माघ २४–बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपरचालक सिन्धुपाल्चोकमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा २६ वर्षीय अनिल लामा रहेका छन् । उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरी शुक्रबार बिहान काठमाडौं ल्याएको छ ।

कलंकीको अन्डरपासमा बा४ख ८५७९ नम्बरको टिपरले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा रौतहट कटहरिया गाउँपालिका–४ का १९ वर्षीय राजेशकुमार चौधरी र कटहरिया–७ का २४ वर्षीय मुन्ना चौधरी छन् ।

Featured